शहिद स्मारक सी डिभिजन छनोटः थानकोटको वीआर ब्रदर्शले आज हुम्ला एफसीको सामना गर्दै

Thankot Times

थानकोट।

ललितपुरमा जारी शहिद स्मारक सी डिभिजन छनोट अन्तर्गत आज बुधबार तीन खेल हुँदै छन् ।

अखिल नेपाल फुटबल संघको आयोजनामा मंसिर ४ बाट जारी प्रतियोगितामा ३९ समुहले भाग लिएका छन् ।

प्रतियोगिता अन्तर्गत समुह बी को अन्तिम खेलमा आज थानकोटको वीआर ब्रदर्शले आज हुम्ला एफसीको सामना गर्दैछ ।

यो समुहको पहिलो खेलमा वीआर ब्रदर्श र लिखु भुजेले समान २-२ को बराबरीमा अंक बाँढेका थिए भने दोश्रो खेलमा लिखु भुजेले हुम्ला एफसीमाथि ६-१ को फराकिलो जित हात पारेको थियो । अंकतालिकामा लिखु ४ अंक तथा ५ गोल अन्तरसहित शीर्षस्थानमा रहेको छ । वीआर ब्रदर्शले ० गोल अन्तरसहित १ अंकका साथ दोश्रो स्थानमा छ भने हुम्ला एफसी ० अंकका साथ समुहको अन्तिममा रहेको छ ।

समुहको शीर्षस्थानमा रहने टोली अघिल्लो चरणमा प्रवेश गर्ने भएका कारण वीआर ब्रदर्शले बुधबार हुने खेल कम्तीमा ६ गोलको अन्तरले जित्नुपर्नेछ ।

यो खेल अपरान्ह ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *