सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
थानकोट ।
आज बिहीबार नेपाली बजारमा बहुमूल्य धातु सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार यो सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँ बढेको छ ।
हिजो बुधबार प्रति तोला ३ हजार २ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार ३ हजार २ सय ८० रुपैयाँ कायम भएको हो ।












