सुनचाँदीको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला २ हजार २ सय रुपैयाँ बढेको छ ।
बिहीबार दुई लाख ४८ हजार ४ सय रहेको छापावाल सुन शुक्रबार प्रतितोला दुई लाख ५० हजार ६ सय रुपैयाँ पुगेको हो ।
चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेको छ ।
बिहीबार तीन हजार २८० रुपैयाँ रहेको प्रतितोला चाँदी ६५ रुपैयाँ बढेर तीन हजार ३ सय ४५ रुपैयाँ पुगेको हो ।












