चन्द्रागिरि केबलकार आजबाट सुचारु हुँदै, आज दिनभर केबलकारको टिकटमा २५ प्रतिशत छुट
थानकोट ।
कार्तिक २४ गतेबाट बन्द रहेको चन्द्रागिरि केबलकार आज (मंसिर १५) सोमबारबाट सुचारु हुने भएको छ।
लगातार ६० दिन बन्द भएको चन्द्रागिरि केबलकार कार्तिक २२ र २३ का दिन सञ्चालन भएकोमा प्यानल बोर्डमा धुलो जम्मा भई प्रणालीमा समस्या आएपछि अस्ट्रियाबाट आवश्यक पार्टपुर्जा मगाएर मर्मत गरिएपछि आज सोमबारबाट पुनः सुचारु हुन लागेको हो ।
अब केबलकार सेवा नियमित सञ्चालनका लागि कुनै प्राविधिक समस्या नरहेको कम्पनीको दाबी छ ।
सोमबार केबलकारको टिकटमा २५ प्रतिशत छुट दिइने चन्द्रागिरि हिल्सले जनाएको छ ।
केबलकार सेवा बिहान ८ बजेबाट सुरु हुने र साँझ ६ बजेसम्म यात्रा गर्न सकिनेछ ।
भदाै २४ गते थानकोटस्थित चन्द्रागिरि केबलकारको बटन स्टेशन आगजनीपछि चन्द्रागिरि केबलकार सेवा अवरुद्ध बनेको थियो ।












