सुनको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज मंगलबार (मंसिर १६) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५३ हजार ३ सय रुपैयाँ कायम छ । सोमबार (मंसिर १५) छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला तीन हजार ५ सय ४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला तीन हजार ५ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *