नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा बिहीबार (मंसिर १८) सुनको मूल्य घटेको छ ।

यस दिन सुन प्रतितोला ८ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ५३ हजार ३ सय कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन बुधबार दुई लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ ।

महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तीन हजार ६ सय २५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन तीन हजार ६ सय ५५ रुपैयाँ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *