आज स्वरसम्राट नारायण गोपालको ३५ औँ स्मृति दिवस मनाइँदै

Thankot Times

थानकोट ।

प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो।

उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै  स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित छन्।

‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए ! कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्…’, ‘अल्झेछ क्यारे पछ्यौरी…’, ‘ईश्वर तैँले रचेर फेरि’ उहाँले स्वर र सङ्गीत दिएका गीत जनजिब्रोमा झुन्डिएका छन्।

मूर्धन्य कलाकार नारायणगोपलको निधनपछि उहाँकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *