सी डिभिजन लिग छनोटः आज थानकोटको वीआर ब्रदर्शले नेपालगञ्ज-११ को सामना गर्दै

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर ४ गतेबाट सुरु गरेको शहिद स्मारक सी डिभिजन छनोट प्रतियोगिताअन्तर्गत आज (मंसिर २१) बाट दोश्रो चरणका खेलहरू सुरु हुँदैछन् ।

३९ टोलीले सहभागिता जनाएको प्रतियोगिताको समुह चरणमा अंक तालिकामा शीर्ष स्थानमा रहेका १३ टोलीबीच नकआउट चरणका खेल हुन लागेको हो ।

एन्फाले सार्वजनिक गरेको ड्र अनुसार समुह चरणका शीर्ष १३ टोली बीच आइतबारबाट दोश्रो चरणको खेल हुने तयारी छ ।

आज प्रतियोगिता अन्तर्गत तीन खेल हुने तालिका रहेको छ ।

जसअनुसार दिनको पहिलो खेलमा थानकोटस्थित वीआर ब्रदर्श (हामी दाजुभाइ) ले बिहान ८ः३० बजे नेपालगञ्ज-११ को सामना गर्ने तालिका रहेको छ ।

यो खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । यो खेलको विजेताले मंगलबार भक्तपुर फुटबल क्लबको सामना गर्ने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *