प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले बुझे नियुक्तिको पत्र

Thankot Times

थानकोट ।

प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त भएका डा.कुमार शर्मा आचार्यले पत्र बुझेका छन् ।

आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलबाट आचार्यले काउन्सिलको अध्यक्षमा नियुक्त भएकाे पत्र बुझेका हुन् ।

मंसिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई काउन्सिलकाे अध्यक्षमा नियुक्त गरेकाे थियाे ।

 

प्रेस काउन्सिल ऐन २०४८ को दफा ६ को उपदफा २ बमोजिम आचार्यलाई ४ वर्षका लागि अध्यक्ष पदमा मनोनित (नियुक्त) गरिएको सञ्चार मन्त्रालयले जनाएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *