चन्द्रागिरि नगरपालिका वडा नंं ०६ महादेवस्थानबाट पनि राष्ट्रिय परिचय पत्र वितरण हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय परिचय वितरण कार्य जारी छ ।
गत फागुन महिनाबाट चन्द्रागिरि नगरपालिकामा सुरु भएको परिचयपत्र वितरणको कार्य चन्द्रागिरि नगरपालिका वडा नं. ६ महादेवस्थानमा मंसिर २३ गते मंगलबारबाट सुरु हुने बताइएको छ ।
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका र परिचयपत्र बनिसकेको सन्देश मोबाइलमा प्राप्त गरेका नगरबासीहरूले सम्बन्धित वडा कार्यालयबाट सो परिचय पत्र प्राप्त गर्न सक्ने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
जसअनुसार चन्द्रागिरि नगरपालिका वडा नं. ६ महादेवस्थानबाट सो मंसिर २३ देखि राष्ट्रिय परिचय पत्र वितरण सुरु हुन लागेको हो ।
सो वडामा हरेक आइतबारदेखी बिहीबारसम्मसम्म राष्ट्रिय परिचयपत्र वितरण गर्ने वडा कार्यालयको तयारी छ ।
सूचना हेराैं

















