काठमाडाैं १० मा कांग्रेसले कसलाई उठाउने भयो ? यसो भन्छन् क्षेत्रीय उपसभापति श्रेष्ठ
थानकोट ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडाैं क्षेत्र नं. १० मा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न चाहनेहरूको संख्या बढेको बताइएको छ ।
यस क्षेत्रका सो पार्टीका क्षेत्रीय उपसभापति धर्मनन्द श्रेष्ठका अनुसार जिल्लामा पठाउनका लागि उम्मेदवारहरूको नाम प्राप्त हुने क्रम जारी रहेपछि मंगलबारका लागि तय भएको पूर्वानिर्धारित कार्यक्रम रोकिएको छ।
अब बुधबार नाम तथा वरियताक्रम निर्धारण भएपछि उम्मेदवारहरूको अन्तिम सूची माथिल्लो तहमा पठाइनेछ, श्रेष्ठले मंगलबार साँझ थानकोट टाइम्ससँग भने ।
उनका अनुसार हालसम्म यस क्षेत्रमा प्रत्यक्षतर्फ १ जना महिलासहित ५ जनाले नाम टिपाएका छन् । जसमा योगेन्द्र कुमार कुँवर, लक्ष्मी देवी दाहाल रावल, दिपेश विष्ट, दिपेन्द्र आचार्य, हिमाल कार्की रहेका छन् ।
यसैगरी समानुपातिकतर्फ यस क्षेत्रबाट जमुना नकर्मी, दिलमाया जी आर, बद्रीलाल महर्जन, अष्टबहादुर महर्जनले उम्मेदवार बन्न इच्छा देखाउँदा राष्ट्रिय सभातर्फ गणेश बहादुर सुवेदीको नाम क्षेत्रमा पुगेको छ ।













