सञ्चार मन्त्री खरेलले भेटे पत्रकार सहिद सुरेश रजकको परिवार
थानकोट ।
सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत वर्ष चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा आगजनीमा परी मुत्यु भएका पत्रकार सहिद सुरेश रजकको परिवारसँग भेटेका छन् ।
मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीलगायत आम सरोकारवालाहरुको चाहनामा रजकलाई सहिद घोषणा गरिएको बताए ।
सहिद घोषणा गरेसँगै अब रजक अमर बनेको र सबैले सधैं सम्झिरहने उनले उल्लेख गरे ।
पत्रकारको कार्यस्थलमा मृत्यु हुने अवस्था सिर्जना हुनु दुःखद् भएको र आगामी दिनमा यस्ता घटना हुन नदिनेमा राज्य सतर्क रहेको पनि उनले बताए ।













