सुनको मूल्य उकालो लाग्ने क्रम जारी
थानकोट ।
नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामै २ हजार २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य दुई लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको छ ।
शुक्रबार (मंसिर २६) दुई लाख ५६ हजार ६ सय रुपैयाँ कायम थियो ।
त्यसैगरी, चाँदी तोलामा ८० रुपैयाँ घटेको छ ।
गत शुक्रबार तीन हजार ९ सय ५ रुपैयाँ रहेको चाँदी आज तीन हजार ८ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।













