एमाले ११औँ महाधिवेशन: मतदान दिउँसो ४ बजेपछि मात्रै सुरु हुने

Thankot Times

थानकोट ।

नेकपा (एमाले)को ११औँ महाधिवेशनको निर्वाचन प्रक्रियाका लागि अन्तिम नामावली सार्वजनिक भएसँगै चुनावका लागि राम-लक्षण इनोभेसन अन्तर्गतको ब्यालट सोलुसन प्रालिले प्राविधिक काम सुरु गरेको छ ।

अब निर्वाचन आयोगले उपलब्ध गराएको सूचीमा समावेश भएका नामहरूलाई सूचीबद्ध गर्ने काम कम्पनीले थालेको छ ।

प्राविधिक लक्षण रिमालले दिएको जानकारीअनुसार हाल पार्टीले उपलब्ध गराएका नामहरू डिजिटल उपकरणमा कोडिङ गर्न आज मध्यान्न ४ बजेसम्मको समय लाग्नेछ ।  उनले ८० ओटा विद्युतीय मेसिनबाट भोट खसाल्ने व्यवस्था मिलाएको जानकारी दिए ।

रिमालले एक जना मतदाताले भोट हाल्न करिब ३५–४० मिनेट लाग्ने जानकारी दिए । एमालेका महाधिवेशनमा २ हजार २६२ मतदाता छन् ।

११औँ महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वका लागि प्रतिस्पर्धामा छन् । त्यस्तै, महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे प्रस्तिस्पर्धामा छन् ।

ओली र ईश्वर पोखरेल पक्षले प्यानल बनाएर  चुनावी मैदानमा होमिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *