आज काठमाडौंको न्यूनतम तापक्रम कति मापन भयो ?

Thankot Times

थानकोट ।

देशभरको मौसम आज मुख्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रहनेछ ।

बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

काठमाडौं उपत्यकाको आज बिहान ५ः४५ बजेको न्यूतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ ।

दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने विभागको पूर्वानुमान छ ।

विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।

हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *