सुनको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ घटेको छ ।

हिजो सोमबार तोलामा २ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर २ लाख ५९ हजार रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने बढेको छ ।

सोमबार तोलामा ३ हजार ८ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ८ सय ८५ रुपैयाँ कायम भएको हो ।

एआई इमेज


Leave a Reply

Your email address will not be published. Required fields are marked *