कलंकी-नागढुङ्गा सडकमा रोड मार्किङ कार्य तिव्र

Thankot Times

थानकोट ।

सडक डिभिजन काठमाडौँले उपत्यकाका मुख्य सडकहरूमा ट्राफिक चिह्न तथा सडक रङरोगन (रोड मार्किङ) को कामलाई तीव्रता दिएको छ ।

डिभिजनले चालु आर्थिक वर्षको पुस मसान्तभित्र काठमाडौँका ‘कोर एरिया’ का करिब ३०० किलोमिटर सडकमा मार्किङको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सडक डिभिजन काठमाडौँका प्रमुख सुवोध देवकोटाका अनुसार सडक रङरोगन तथा मार्किङका लागि यो वर्ष ३ करोड रुपैयाँको ठेक्का लगाइएको छ ।

विगतका वर्षहरूमा आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तमा मात्र हतारमा काम हुने गरेको गुनासो आउने गरेकोमा यसपटक हिउँदको सुरुवातमै काम थालिएको हो ।

कलंकी-नागढुङ्गा सडकमा समेत रोड मार्किङ कार्य तिव्र रुपमा अघि बढिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ