नेकपा एमाले अध्यक्षमा खड्गप्रसाद ओली भारी मतान्तरले विजयी
थानकोट ।
नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका निम्ति विजयी भएका छन् ।
ओलीले एक हजार ६६३ मत प्राप्त गरे ।
उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका एमालेको निर्वाचन आयोगले जानकारी गराएको छ ।
एमालेको नवौँ पदाधिवेशनबाट ओली पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यसयता उनले लगातार पार्टी नेतृत्वमा चुनाव जितेका छन् ।













