नेकपा एमाले महासचिवमा शंकर पोखरेल दोश्रो कार्यकालका लागि विजयी
थानकोट ।
नेकपा (एमाले)को महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।
जारी ११औँ महाधिवेशनबाट पोखरेल महासचिवमा निर्वाचित भएका हुन् । पोखरेलले एक हजार २ सय २८ मत प्राप्त गरे ।
पोखरेलका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरे । पोखरेल अध्यक्ष केपी शर्मा ओली प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए ।
अध्यक्षमा केपी शर्मा भारी मतान्तरसहित विजयी भएका छन् ।
महासचिवमा पोखरेलको यो दोश्रो कार्यकाल हो । यसअघि पनि उनी यही जिम्मेवारीमा थिए ।













