सुनको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५८ हजार ४ सय रुपैयाँ कायम छ ।

छापावाल सुन बिहीबार (पुस ३) प्रतितोला दुई लाख ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार पाँच रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला चार हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ