मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

Thankot Times

थानकोट ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार ४ बजे विश्वासको मत लिने तयारीमा जुटेका छन्।

विश्वासको मतका लागि प्रदेश सभाको बैठकमा सहभागी हुन प्रदेश सांसदहरूलाई मोबाइल मार्फत एसएमएस पठाइएको प्रदेशसभा सचिवालयले जानकारी दियो।

सात दलीय ७७ जना सांसदको समर्थनमा कांग्रेसका संसदीय दलका नेता यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ।

यादव मुख्यमन्त्रीमा नियुक्त भएका १५ दिनपछि विश्वासको मत लिँदै छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ