एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६ देखि २८ गतेसम्म बस्ने
थानकोट ।
नेकपा (एमाले)को केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ गते बस्ने तय भएको छ ।
पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटीको पहिलो बैठकबाट उक्त प्रस्ताव पारित भएको केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले जानकारी दिए ।
बैठकमा मनोनयन, पोलिट्ब्युरो र स्थायी कमिटी गठनलगायत विषयमा निर्णय हुने बताइएको छ ।
एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा अहिले काठमाडौंस्थित कार्की ब्यांक्वेटमा बसिरहेको छ ।













