रास्वपाको संघीय नेतृत्व मञ्चमा १७ जना मनोनीत

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले पार्टीको संघीय नेतृत्व मञ्चको सदस्यमा १७ सदस्यलाई मनोनीत गरेको छ ।

शुक्रबार बसेको सचिवालयको आकस्मिक बैठकले पार्टीको संघीय नेतृत्व मञ्चको सदस्यमा पहिलो चरणमा प्रस्ताव गरिएका १७ सदस्यलाई मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए ।

मनोनीत हुने सदस्यहरूमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, बिमला अधिकारी, रञ्जु दर्शना छन् ।

यस्तै, पवित्रा थापा, बिमला तामाङ, समुन्द्र केसी, दामोदर नेपाल र आशुतोष प्रधान मञ्चमा समेटिएका छन् ।

अन्य सदस्यहरूमा नवराज थापा, सुरज प्रधान, धनेज थापा, सुदन श्रेष्ठ, अजित खड्का, रुस्तम अन्सारी, सुशील शाह र शीतल भुसाल पनि समेटिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ