एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
थानकोट ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी र सदस्यलाई बधाई दिएकी छिन्।
गत बिहीबार सम्पन्न निर्वाचनमा ईश्वर पोखरेललाई पराजित गर्दै ओली अध्यक्ष भएका थिए।
एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैंमा एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास भएको टिप्पणी गरेकी छिन्।
हेर्नुस् उनको शुभकामना सन्देश
फाइल फोटो













