लायन्स क्लब अफ काठमाण्डौं इन्द्र अन्नपुर्ण योगाले गोरखामा स्वास्थ्य शिविर आयोजना गर्दै
थानकोट ।
चन्द्रागिरि नगरपालिका नैकापस्थित लायन्स क्लब अफ काठमाण्डौं इन्द्र अन्नपुर्ण योगाको अग्रसरतामा यही पाैष १२ गते गोरखा जिल्लामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ ।
लायन्स क्लब इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ एफ नेपाल अन्तर्गतको सो क्लबले ॐ समाज डेन्टल अस्पताल नैकाप र फ्रन्टलाईन अस्पताल पुरानो बानेश्वरको प्राविधिक सहयोगमा गोरखा नगरपालिका वडा नं ४ फिनामस्थित सरस्वती माध्यामिक विद्यालयमा १ दिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।
समुदायको स्वास्थ्य सुधार, रोगको प्रारम्भिक पहिचान तथा जनचेतना वृद्धिमा मद्दत पुगोस भन्ने हेतुले विशेषज्ञ चिकित्सकहरुबाट दन्त तथा नेत्र, मधुमेह तथा रक्तचाप, मुटु रोग तथा हाडजोर्नी रोग, स्त्री रोग सम्बन्धी चेक जाँच एवं उपचार तथा परामर्श गरिने क्लबले जनाएको छ ।
शिविर बिहान ८ बजेबाट अपरान्ह ३ बजेसम्म सञ्चालन हुनेछ ।

गोरखा नगरपालिका वडा नं ४ कार्यालयको कार्यालय, फिनाम कुवापनी काठमाण्डौ समाज लगायत तथा स्थानीय संघ संस्था एवं व्यक्तिहरुसँगको समन्वय तथा सहजीकरणमा उक्त कार्यक्रम संचालन हुने बताइएको छ।
लायन्स क्लब अफ काठमाण्डौं इन्द्र अन्नपुर्ण योगाले देशका विभिन्न स्थानमा नियमित रुपमा विभिन्न परोपरकारी कार्य सञ्चालन गर्दै आएको छ ।
















