लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा चन्दन प्रभातेश्वर मन्दिर परिसरमा सरसफाइ

Thankot Times

थानकोट ।

लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले चन्द्रागिरि नगरपालिकाअन्तर्गत पर्ने चन्दन प्रभातेश्वर मन्दिर परिसरमा सामुदायिक सरसफाइ अभियान सम्पन्न गरेको छ।

लक्ष्मी ग्रुपको ‘५२औँ कर्पाेरेट तथा धन्यवाद ज्ञापन दिवस’को अवसरमा उक्त मन्दिर क्षेत्रमा सरसफाइ गरिएको हो।

धार्मिक सम्पदाको संरक्षण, स्वच्छ वातावरणको प्रवर्द्धन तथा समाजप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राखी सरसफाइ अभियान आयोजना गरिएको लक्ष्मी कमर्सियल भेहिकल्सले जनाएको छ।

लक्ष्मी कमर्सियल भेहिकल्सका कर्मचारीहरूले मन्दिर परिसर तथा आसपासका क्षेत्रको सरसफाइ गरेका थिए।

लक्ष्मी ग्रुपले आफ्नो ५२ वर्षे यात्रामा व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान महत्त्व दिँदै आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *