ठगी प्रकरणमा थानकोटकी एक महिलासहित तीन जना पक्राउ
थानकोट ।
बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचखालका सरोज पोख्रेल र दोलखाको भिमेश्वरका डम्बर बहादुर तामाङ रहेका छन्।
पक्राउ पर्ने मध्येमा श्रेष्ठले २ जनालाई क्यानडा पठाइदिन्छु भन्दै २३ लाख, पोख्रेलले १ जनालाई युएइ पठाइदिन्छु भन्दै ३ लाख ६४ हजार र तामाङले ६ जनालाई रोमानिया पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको प्रहरीले बताएको छ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।
















