लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्णको आयोजनामा गोरखामा स्वास्थ्य शिविर सम्पन्न

Thankot Times

थानकोट ।

लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्णको पहलमा र सहायक संस्था फर्नट लायन अस्पताल तथा ॐ समाज डेण्टल अस्पतालको सहकार्यमा गोरखाको फिनाम क्षेत्रमा बृहत् निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सम्पन्न भएको छ ।

पुष ११ र १२ गते सञ्चालित उक्त शिविरमा स्थानीय नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण तथा दन्त सेवा उपलब्ध गराएको छ।

शिविरको संयोजन फिनाम कुवापानी काठमाडौं सेवा समाजले गरेको थियो भने एशियन सेक्युरिटिज प्रा. लि. ले सहयोग प्रदान गरेको थियो।

शिविरमा ३६० जना भन्दा धेरै नागरिकहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको बताइएको छ।

शिविरमा हाडजोर्नी, महिला तथा प्रसूति, नाक-कान-घाँटी, सामान्य चिकित्सा, आँखा परीक्षण, दन्त उपचार, नर्सिङ सेवा र औषधि वितरण समावेश गरिएको थियो।

१३८ जनाले दन्त परीक्षण गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *