बेहोस भएका सशस्त्रको पशुपतिनगर गुल्मका गुल्मपति कोइरालाको बलम्बु अस्पतालमा निधन

Thankot Times

थानकोट ।

सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको निधन भएको छ ।

बुधबार बिहान अचानक चक्कर लागेर बेहोस भएका उनलाई फिसटेलको हेलिकोप्टरबाट काठमाडौं ल्याएर बलम्बुस्थित एपीएफ अस्पतालमा लगिएको थियो । उनलाई सो अस्पतालले साँझ ६ बजेर १ मिनेट जाँदा मृत घोषणा गरेको थियो । त्यसपछि नेपाल प्रहरीले मुचुल्का गरेको थियो । साँझ सवा ७ मा शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ ।

बुधबार बिहान पौने ११ बजे बेहोस भएपछि डीएसपी कोइरालालाई सुरुमा प्राथमिक स्वास्थ्य केन्द्र पशुपतिनगरमा लगी उपचार गरिएको थियो । त्यसपछि थप उपचारका लागि एम्बुलेन्समा राखी फिकल अस्पताल इलाम लगिएको थियो ।

फिकल अस्पताल इलाममा पुर्याउँदासम्म पनि होस नखुलेपछि दिउँसो १ बजेर २७ मिनेट जाँदा नेपाल एपीएफ अस्पतालका डाक्टर साहरुख साङ्गगछेनसहितको टोली लिएर फिसटेलको हेलिकोप्टर काठमाडौंबाट इलामको लागि प्रस्थान गरेको थियो ।

सो हेलिकोप्टर ३ बजे इलामको नगरपालिका–९ को अलैँची विकासको ग्राउन्डमा अवतरण गरेको थियो । सो हेलिकोप्टर दिउँसो ३ः३५ बजे काठमाडौंका लागि उडेको थियो । सो हेलिकोप्टर ४ बजेर ५० मिनेट जाँदा काठमाडौंमा अवतरण भएको थियो ।

त्यसपछि उनलाई एम्बुलेन्सद्वारा नेपाल एपीएफ अस्पताल बलम्बु पुर्याइएको थियो ।

मृतक कोइराला सिसं ७ सशस्त्र प्रहरी निरीक्षक बेसिकका डीएसपी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *