सुनको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा शुक्रबार (पुस १८) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन दुई लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ६२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदी तोलामा १ सय १० रुपैयाँले बढेको छ ।

अघिल्लो दिन चार हजार ४ सय १५ प्रतितोला रहेको चाँदीको मूल्य चार हजार ५ स्य २५ पुगेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ