बैंकले यसपालि गर्ने भनेको १९ कार्यक्रममध्ये ग्लोबल आईएमई स्वस्थ नारी पहल एक महत्त्वपूर्ण रहेको बैंकले जनाएको छ । जसअन्तर्गत बैंकले सात वटै प्रदेशमा १४ नि:शुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने छ । शिविरमा स्त्रीरोग विशेषज्ञले स्वास्थ्य जाँच, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा औषधि वितरण जस्ता सेवा प्रदान गरिने छ ।
यसरी शिविरका क्रममा प्रारम्भिक अवस्थामा पत्ता लागेका तथा गम्भीर बिरामी महिलाको शल्यक्रिया उपचार दोस्रो चरणमा समेत गरिने छ । पाँच वर्षदेखि नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रमबाट हालसम्म १० हजारभन्दा बढी महिला लाभान्वित भइसकेका छन् ।
त्यसैगरी बैंकले सात प्रदेशका सात स्थानमा बृहत आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गर्ने छ । साथै, बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १ हजार ५ सय गरिब, विपन्न तथा न्यून आय भएका विद्यार्थीको आखाँ जाँच गरी आवश्यक चस्मा नि:शुल्क वितरण गर्ने छ ।
जटिल तथा दीर्घ रोगका विरामीहरुको उपाचारको लागि बैंकले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । स्थानीय निकाय तथा स्वास्थ्य संस्थाको सिफारिसमा बैंकले जटिल रोगको उपचारमा निश्चित रकम सहयोग प्रदान गरिने बैंकले जनाएको छ ।
शिक्षा क्षेत्रमा बैंकले गरिब तथा जेहेन्दार छात्रालाई कक्षा ६ देखि १२ सम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ । पाँच वर्षमा १ सय ४० छात्रालाई लाभान्वित गरेको यो कार्यक्रम यस वर्ष थप ७७ छात्रामा विस्तार हुनेछ ।
दुर्गम विद्यालयमा पुस्तकालय निर्माण, १ हजार विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचार तालिम तथा सामग्री हस्तान्तरण जस्ता कार्यक्रम पनि समावेश छन् ।
त्यसैगरी बैंकले अर्थशास्त्र, व्यवस्थापन तथा कानुन संकायमा उच्च शिक्षा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमफिल तथा पीएचडी शोध, अनुसन्धानका लागि वित्तीय सहयोग प्रदान गरिने बैंकले जनाएको छ ।
वातावरण संरक्षणतर्फ ग्लोबल ग्रिन स्कुल कार्यक्रम अन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाइ तथा फोहोर संकलन केन्द्र स्थापना गरिने छ । स्थानीय तहसँग समन्वय गरी फोहोर व्यवस्थापन तालिम सञ्चालन गरिने बैंकले जनाएको छ ।
रक्तदान कार्यक्रम मुख्य सहरमा आयोजना गरिने छ भने आश्रम, बालगृहका बालबालिकालाई खाद्यान्न तथा अन्य सहयोग प्रदान गर्ने बैंकले जनाएको छ ।
त्यसैगरी बैंकले दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका समुदाय तथा विद्यालयमा खेलकुद सामग्री वितरण गर्ने छ । साथै, बैंकले आय आर्जन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्यमशाला कार्यक्रम सञ्चालन गर्ने छ ।
बैंकले हाल ३ सय ५२ शाखा, ३ सय ८४ एटीएम, १ सय ५० शाखारहित, ६८ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर एवं ३ वैदेशिक प्रतिनिधि कार्यालय सहित १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।















