चन्द्रागिरि हिल्सको १६औँ साधारण सभा आज, बोनस वितरणपछि हकप्रद जारी गर्ने मुख्य एजेन्डा

Thankot Times

थानकोट ।

चन्द्रागिरि हिल्स लिमिटेडले आज पुस २३ गते, बुधबार १६ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सो सभा चन्द्रागिरी हिल्स लिमिटेड, टप स्टेशनस्थित फोर डी हलमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, प्रभु बैंकबाट नयाँ परियोजना निर्माणका लागि लिएको कर्जा अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१ /८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित, हिसाब, नगद प्रवाह, आयव्यय लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ