चित्लाङबाट काठमाडाैं आउँदै गरेको रिजर्भ बस गोदाम चोकनजिकै ब्रेक फेल !
थानकोट ।
काठमाडाैंको बालाजु क्षेत्रबाट मकवानपुरको चित्लाङ पिकनिक गएर फर्किएका करिब ५० जना सवार रिजर्भ यात्रु बस थानकोट गोदामचोक नजिकै ठूलो दुर्घटना हुनबाट जोगिएको खबर छ ।
प्रत्यक्षदर्शीका अनुसार आइतबार साँझ करिब ८ बजे बा ३ ख ४८५० नम्बरको बस चन्द्रागिरि नगरपालिका-०४ थानकोट गोदाम चुनिखेलस्थित ओरालो सडकमा ब्रेक फेल भएपछि चालकले सडकमा किनार लगाएपछि सम्भावित दुर्घटना टरेको हो ।
प्रत्यक्षदर्शीका अनुसार सो क्रममा कुनै मानवीय क्षति भएको छैन् । सो क्षेत्रमा सडक ओरालो भएका कारण पटकपटक सवारी दुर्घटना भइरहेका छन् ।
तस्बिरः सुसाङ तामाङ
















