प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत बलम्बु अस्पतालमा भर्ना, उपचार जारी

Thankot Times

थानकोट ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको स्वास्थ्यमा समस्या देखिएको छ । पित्तथैलीमा समस्या भएपछि उनी नेपाल एपीएफ अस्पताल भर्ना भएका छन् ।

हिजो राति नै उनलाई अस्पताल भर्ना गरिएको स्रोतले बताएको छ । ‘पित्तथैलीमा समस्या देखिएपछि उहाँ हिजो राति अस्पताल भर्ना हुनुभएको हो’,स्रोतले भन्यो ।

राती अस्पताल भर्ना गरेर ११ बजे आइजिपी राजु अर्याल सुरक्षा गोष्ठीमा भाग लिन जनकपुरतिर प्रस्थान गरेको र आज दिउँसो एआइजी बँशी दाहालले गएर थप हेरबिचार गरेको अदालत श्रोतले बतायो ।

सिभिल,वीर र शिक्षण अस्पतालमा भर्ना हुँदा सर्वसाधारणले थाहा पाएर भीड भाड बढ्ने हुँदा फौजी अस्पताल रोजिएको पनि बुझिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *