राष्ट्रिय मुक्ति पार्टी नेपालबाट काठमाडाैं क्षेत्र नंं ९ का प्रस्तावित उम्मेदवारको सिफारिस खारेज
थानकोट ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपाने)ले वरिष्ठ उपाध्यक्ष सुमन सायमी र प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठका प्रस्तावित उमदेवारी सिफारिसहरू खारेज गरेको छ ।
सायमी र श्रेष्ठ दुवैजना नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएसँगै काठमाडौं जिल्ला कार्यसमितिको विशेष बैठकले उक्त निर्णय गरी कारबाही गरिएको जिल्ला अध्यक्ष शिवेश वज्राचार्यले बताए ।
बैठकको निर्णयमा भनिएको छ, “काठमाडौं जिल्लाका सम्पूर्ण १० वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवार सिफारिस सम्बन्धमा निर्णय गर्दै, यसअघि क्षेत्र नं. ७, ८ र ९ का लागि सिफारिस गरिएका तत्कालीन पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी र प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठका प्रस्तावित उम्मेदवारी सिफारिसहरू खारेज गरी नयाँ उम्मेदवार केन्द्रीय कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।”
क्षेत्रीय प्रतिनिधि/समितिलाई माघ २ गतेभित्र उमेदवारहरूको सिफारिस पठाउन बैठकले आग्रह गरेको छ ।















