काठमाडाैंमा हुने महिला विश्वकप क्रिकेट ग्लोबल छनोटका खेल नि:शुल्क हेर्न पाइने

Thankot Times

थानकोट ।

आईसीसी महिला टी- २० विश्वकप ग्लोबल छनोटको खेल नि:शुल्क हेर्न पाइने भएको छ ।  

नेपालमा आयोजना हुने ग्लोबल छनोटको सबै खेल काठमाडौंमा हुनेछ। शनिबार नेपाल क्रिकेट सघ (क्यान)का अनुसार ग्लोबल छनोटका खेल हेर्न दर्शकले शुल्क तिर्नुपर्ने छैन ।  

विश्वकप ग्लोबल छनोटका खेल भोलिदेखि हुँदैछन् । खेल त्रिवि क्रिकेट मैदान र मुलपानीको माथिल्लो मैदानमा हुनेछ।

प्रतियोगितामा आयोजक नेपालसहित १० टोलीले सहभागीता रहनेछ । यो छनोटका शीर्ष ४ टोलीले महिला टी- २० विश्वकप खेल्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *