साफ महिला फुटसल च्याम्पियनसिप : नेपालको लगातार दोस्रो हार, बंगलादेश ३-० ले विजयी
थानकोट ।
नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला फुटसल च्याम्पियनसिपमा बंगलादेशसँग ३–० को हार व्यहोरेको छ ।
सोमबार थाइल्यान्डको बैंककस्थित नन्थबुरी रंगशालामा बंगलादेशलाई जित दिलाउन सविना खातुन, श्रीमोती कृष्णरानी सरकार र लिपी अख्तरले १–१ गोल गरे ।
लगातार दोस्रो हारसँँगै नेपालले चार खेलमा तीन अंक जोडेको छ । यसअघि श्रीलंकासँग २–२ को बराबरी खेलेको नेपालले माल्दिभ्सलाई ५–० ले पराजित गरेको थियो । यस्तै, नेपालले पछिल्लो खेलमा भारतसँग ६–१ को हार व्यहोरेको थियाे ।
दोस्रो जितसँगै बंगलादेशले तीन खेलमा सात अंक जोडेको छ । यसअघि भारतले ३–१ ले पराजित गरेको बंगलादेशले भुटानसँग ३–३ को बराबरी खेलेको थियो । अब नेपालले बिहिबार पाकिस्तानको सामना गर्नेछ ।















