ओलम्पियन दीपक बिष्ट वर्ल्ड ओलिम्पियन एसोसिएसनको सदस्य निर्वाचित

Thankot Times

थानकोट ।

नेपालका ओलम्पियन दीपक बिष्ट वर्ल्ड ओलिम्पियन एसोसिएसन (डब्लुओए) को कार्यसमिति सदस्यको रूपमा निर्वाचित भएका छन्।

वर्ल्ड ओलिम्पियन एसोसिएसनको सोमबार सम्पन्न अनलाइन साधरणासभाबाट बिष्ट एसिया क्षेत्रको  प्रतिनिधिका रूपमा निर्वाचित भएका हुन् ।

साधारण सभाबाट स्वीडेनकी पूर्वअल्पाइन स्की खेलाडी, दुई पटक ओलम्पिक च्याम्पियन तथा चार पटक विश्व च्याम्पियन पर्निला विबर्ग अध्यक्ष पदमा निर्वाचित भएकी छन् ।

नवनिर्वाचित कार्यसमितिअन्तर्गत एसिया क्षेत्रको प्रतिनिधिका रूपमा नेपालबाट पहिलो पटक ओलिम्पियन दीपक निर्वाचित भएका छन् । यो उपलब्धिलाई नेपाली खेलकुद इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

अनलाइन माध्यमबाट सम्पन्न निर्वाचन प्रक्रियामा विश्वभरका एक सय ५५ जना प्रतिनिधिहरूको सहभागिता थियो । नेपालका कीर्तिमानी तेक्वान्दो खेलाडीसमेत रहेका बिष्ट नेपाल ओलिम्पियन संघका अध्यक्ष पनि हुन्। उनको यो सफलताले नेपालको खेलकुदलाई अन्तर्राष्ट्रिय मञ्चमा थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाल ओलिम्पियन संघमा उनले निर्वाह गर्दै आएको प्रभावकारी नेतृत्वका आधारमा एसिया तथा विश्वस्तरमा नेपालको उपस्थिति अझ सशक्त हुने विश्वास गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *