मनाङ बाहेक सबै निर्वाचन क्षेत्रमा रास्वपाको उम्मेदवारी दर्ता
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ।
रास्वपाका तर्फबाट मनाङका अनिल गुरुङको उम्मेदवारी अहिलेसम्म दर्ता भएको छैन। पार्टीका नेता एवं रास्वपाका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र-८ मा उम्मेदवार विराजभक्त श्रेष्ठले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको जानकारी दिए।
रास्वपाका मनाङका उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने उनले बताए। पार्टीका सहमहामन्त्री एवं दाङ-२ बाट उम्मेदवारी दिएका विपिनकुमार आचार्यले कूल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब आठ प्रतिशत उम्मेदवार महिला रहेको जानकारी दिए।
रास्वपाबाट काठमाडाैं क्षेत्र नं. ९ मा सो पार्टीका उपसभापति डीपी अर्यालले उम्मेदवारी दिएका छन भने काठमाडाैं क्षेत्र नंं १० बाट प्रदिप विष्टले उम्मेदवारी दिएका छन् ।
















