निर्वाचन-२०८२: काठमाडौं नंं ९ मा २७ देखि ८२ वर्षसम्मका उमेदवारहरू भोट माग्दै
थानकोट ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति काठमाडौं क्षेत्र नम्बर ९ बाट २६ जनाले उमेदवारी दर्ता गरेका छन् । मंगलबार (माघ ६) १८ राजनीतिक दलका प्रतिनिधि र आठ स्वतन्त्र व्यक्तिले उमेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं–९ बाट उमेदवारी दिएका व्यक्तिहरूको आधिकारिक संख्या तथा नामावली सार्वजनिक गरेको हो ।
काठमाडौ महानगरपालिकाको वडा नम्बर १२, १४, २१ र २२ चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १, १२, १३, १४ र १५ र नागार्जुन नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९ र १० यस क्षेत्रमा पर्दछ ।
यस निर्वाचन क्षेत्रमा ३४ वटा मतदानस्थल रहनेछन भने ९० मतदान केन्द्र रहनेछ ।
काठमाडौं क्षेत्र नम्बर ९ को निर्वाचन अधिकृतको जिम्मेवारी प्रधानमन्त्री कार्यालयमा कार्यरत उपसचिव मनुका घिमिरेलाई दिइएको छ ।
यस निर्वाचन क्षेत्रमा नेपालका प्रमुख राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । मुख्य उमेदवारहरूमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)का डा. अजयक्रान्ति शाक्य, नेपाली कांग्रेसको नानुमैयाँ बास्तोला, नेकपा (माओवादी केन्द्र)का माइला लामा र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल रहेका छन् ।
यसैगरी क्रमशः राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिलकुमार कार्की, नेकपा (एकीकृत समाजवादी)बाट एन्जिसराज प्रसाई, जनता समाजवादी पार्टी नेपालबाट रणवीर शेठी सिंहले प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्ता गराएका छन् ।
यस क्षेत्रमा स्वतन्त्र उमेदवारहरूको पनि बाक्लो उपस्थिति रहेको छ । जसमा पञ्चकुमारी मानन्धर, पुनमाया महर्जन, बमलालकुमार खत्री, मधुसुदन शर्मा, शैलेसरत्न शाक्य, सुमित्रा श्रेष्ठ र हरिप्रसाद घिमिरेले स्वतन्त्र रूपमा उमेदवारी दिएका छन् । यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट शान्त महर्जन, राष्ट्रिय जनमोर्चा पार्टीबाट रोशनदानी क्षेत्री, र हाम्रो नेपाली पार्टीका उमेदवारहरूले पनि प्रतिस्पर्धा गर्दै छन् ।
उमेदवारहरूको जनसांख्यिक विवरण नामावलीअनुसार उमेदवारहरूको उमेरमा निकै अन्तर देखिएको छ । यस क्षेत्रमा २७ देखि ८२ वर्षसम्मका उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । सबैभन्दा युवा उमेदवार मदन डंगोल (२७ वर्ष) र एन्जिसराज प्रसाई (३० वर्ष) रहेका छन् । अर्कोतर्फ, ८२ वर्षीया पञ्चकुमारी सबैभन्दा ज्येष्ठ उमेदवारका रूपमा चुनावी मैदानमा छिन् । यो तथ्यांकले यस क्षेत्रमा नयाँ पुस्ताको उत्साह र पुरानो पुस्ताको अनुभवबीचको प्रतिस्पर्धा हुने देखिन्छ ।
काठमाडौं–९ का उमेदवार सूची
१. अजयक्रान्ति शाक्य– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)
२. अनुपमुनि बज्राचार्य– जन उन्मुक्ति पार्टी
३. ईरम श्रेष्ठ– आम जनता पार्टी (एकल चुनाव चिन्ह)
४. एग्निसराज प्रसाई– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)
५. जुद्धबहादुर कार्की– स्वतन्त्र
६. डोलप्रसाद अर्याल– राष्ट्रिय स्वतन्त्र पार्टी
७. दिलकुमार कार्की– राष्ट्रिय प्रजातन्त्र पार्टी
८. धर्मराज गुरुङ– मंगोल नेशनल अर्गनाइजेसन
९. नानुमैया बास्तोला– नेपाली कांग्रेस
१०. पञ्चकुमारी मानन्धर– स्वतन्त्र
११. पुनमाया महर्जन– स्वतन्त्र
१२. बलराम श्रेष्ठ– थाम संस्कृति पार्टी
१३. बमलाल कुमार खत्री– स्वतन्त्र
१४. मदन डंगोल– राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह)
१५. मदन पोखरेल– मितेरी पार्टी नेपाल
१६. मधुसुदन शर्मा– स्वतन्त्र
१७. माइला लामा– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
१८. रणबीर शेठी सिंह– जनता समाजवादी पार्टी, नेपाल
१९. राजु रोक्का– प्रगतिशील लोकतान्त्रिक पार्टी
२०. राधाकृष्ण महर्जन– नेपाली कम्युनिस्ट पार्टी
२१. रामेश्वर श्रेष्ठ– उज्यालो नेपाल पार्टी
२२. रोशन दानी– राष्ट्रिय जनमोर्चा
२३. शान्त महर्जन– नेपाल मजदुर किसान पार्टी
२४. शैलेसरत्न शाक्य– स्वतन्त्र
२५. सुमित्रा श्रेष्ठ– स्वतन्त्र
२६. हरिप्रसाद घिमिरे– स्वतन्त्र















