तोलाको ३ लाख रुपैयाँ पुग्नै लागेको सुनको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा बिहीबार (माघ ८) सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९२ हजार २ सय रुपैयाँ कायम छ ।

बुधबार (माघ ७) छापावाल सुनको मूल्य तोलाको दुई लाख ९५ हजार १ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला पाँच हजार ८ सय ७० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।

हिजो बुधबार चाँदी प्रतितोला पाँच हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ