कलंकी खड्कुले पुलमा अचेत भएका नगरकोटीको गोजीबाट ८६ हजार पाकेटमारी भएपछि….

Thankot Times

थानकोट ।

मादक पदार्थ सेवन गरि अचेत भएर सुतेका एकजना पुरुषको साथमा भएको नगद पाटेकमारी भागेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. १५ ढुङ्गाअड्डास्थित खड्कुले पुल क्षेत्रमा मंगलबार (माघ १३) साँझ अचेत भएर सुतेका विजय नगरकोटीको साथमा रहेको ८६ हजार रुपैयाँ झिकेर भागेका व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको हो ।

महानगरीय ट्राफिक महाशाखाले नगरकोटीका आफन्तजनलाई सम्पर्क गरि उक्त रकम फिर्ता गराएको छ ।

पैसा चोरीमा संलग्न व्यक्तिमाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी प्रभाग कलंकीको जिम्मा लगाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *