काठमाडाैं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताः जेसीस स्कुलका विद्यार्थीको उत्कृष्ठ प्रदर्शन
थानकोट ।
काठमाडाैं जिल्ला तेक्वान्दो संघको आयोजनामा नयाँ बजारस्थित बहुउद्देश्यीय मार्शल आर्ट हलमा जारी काठमाडाैं जिल्लास्तरीय सभापति कप तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेण्डरी स्कुलका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
गत शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा जेसीसका विद्यार्थीले ३ स्वर्ण, १ रजत र २ कास्य पदक जितेका छन् ।
जेसिसका रिजन मोक्तानले एकल पुम्से (१७ वर्ष मुनि)मा क्रियान तामाङ, प्रयुष लोहनी र प्रनिश कार्कीले छात्र टिम पुम्से (११ वर्ष मुनि) मा र संस्कृति तामाङ, नर्गिश भण्डारी र अनुष्का उप्रेतीले छात्रा टिम पुम्से (११ वर्ष मुनि)मा स्वर्ण पदक जितेका छन् । यसैगरी, छात्र टिम पुम्से (१७ वर्ष मुनि) विधामा रिजन मोक्तान, ग्रिष बुढाथोकी र अनुभव शाक्यले रजत जितेका छन् ।
एकल पुम्से (११ वर्ष मुनि) मा संस्कृति तामाङले कास्य पदक जित्दा छात्र जोडी पुम्से (११ वर्ष मुनि) विधामा प्रयुष लोहनी र प्रियन्षा सिलवालको जोडीले कास्य जितेका छन् ।
साना तथा जुनियर खेलाडीहरूको क्षमता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको काठमाडौँ जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिक्रम खड्गीले जानकारी दिए।
प्रतियोगितामा पुम्से तर्फ २५ र ग्योरोगीतर्फ २० विधामा करिब ९५० जना खेलाडीको सहभागिता रहेको छ ।















