पत्रकार दिनेश सिटौलाको निधनप्रति रास्वपा वरिष्ठ नेता बालेनद्वारा शोक व्यक्त
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले चलचित्र पत्रकार दिनेश सिटौलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत सिटौलाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको योगदान र व्यक्तित्वको स्मरण गरेका हुन्।
आइतबार फेसबुकमार्फत सार्वजनिक गरिएको सन्देशमा बालेन शाहले सिटौलालाई नेपाली चलचित्र क्षेत्रका अभिभावकस्वरूपको व्यक्तित्व र आफ्नो निकट मित्रका रूपमा उल्लेख गर्दै उनको अनुपस्थितिले सधैँ कमी महसुस हुने बताएका छन्।
सिटौला अछाममा अचानक बेहोस भएपछि उपचारका लागि काठमाडौँ ल्याइएका थिए।
उपचारकै क्रममा ग्राण्डी अस्पतालमा ब्रेन ह्यामरेजका कारण आइतबार उनको निधन भएको थियो।
उनको आइतबार नै अन्त्येष्टि गरिएको छ ।

















