कस्तो रहला आज सोमबार दिनभरको माैसम ? यस्तो छ विभागको पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ ।

नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भू-भागका केही स्थान हुस्सु र कुहिरो रहनेछ । हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ ।

बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।

देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

विभागले राति तराई भू-भागका थोरै स्थानमा हुस्सु रहने बताएको छ । देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ