मच्छेगाउँबाट दुईजना युवा पक्राउ, अनुसन्धान जारी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-९ विष्णुदेवीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८६ ट्याब्लेट र नाईट्राजेपाम ९ ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त थानकोटबाट  खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सनि गरूवाचार्य र महम्मद कैसखान रहेका छन् ।

उनीहरूमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *