मत्स्यनारायण क्षेत्रमा सञ्चालित पुरुषोत्तम मास मेलाको हरहिसाब भोलि सार्वजनिक हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिर क्षेत्रमा गत जेठ महिनामा सञ्चालन भएको पुरुषोत्तम मास मेलामा भएको आम्दानी र खर्च सार्वजनिक गरिने भएको छ ।

वडाध्यक्ष अच्यूत अधिकारीका अनुसार भोलि (शनिबार) सो हरहिसाब सार्वजनिक गरिनेछ ।

मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिर सचिवालयमा बिहान ७ः३० बजे सो आय व्यय विवरण सार्वजनिक हुन लागेको हो ।

यस मन्दिर क्षेत्रमा हरेक अधिकमासमा १ महिनासम्म पुरुषोत्तममास मेला सञ्चालन हुने गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *