सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः चन्द्रागिरिको सनसाईन स्कुल र जेम्स स्कुल विजयी

Thankot Times

थानकोट ।

नेपाल एपीएफ स्कुल कीर्तिपुर, काठमाडौंको आयोजनामा गत आइतबारबाट सुरु भएको तेस्रो ‘एनएपीएफएस’ अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता-२०८२ अन्तर्गतको बुधबार (माघ २१ गते) को खेलमा सनसाईन स्कुल, चन्द्रगिरि नगरपालिका-०५ र जेम्स स्कुल, धापाखेल विजयी भएका छन् ।

दिनको पहिलो खेलमा सनसाईन स्कुलविरुद्ध राई स्कुल, नक्साल, काठमाण्डौले वाक ओभर दिएको हुँदा सन साईन स्कुल स्वत: ३-० गोलले विजय भएको छ।

त्यसैगरी आजै भएको जेम्स स्कुल, धापाखेलविरुद्ध नेपाल एपीएफ स्कुल कोहलपुरबीचको खेलमा जेम्स स्कुल धापाखेल ४-३ गोल अन्तरले विजयी भएको छ ।

जेम्स स्कुल, धापाखेलको तर्फबाट सनविर महर्जनले-२ गोल अनमोल वि.क. र रिदय थापाले समान १-१ गोल गरे ।

प्रतियोगिताअन्तर्गत बिहीबार (माघ २२ गते) पहिलो खेल नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल, सप्तरी विरुद्ध ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थ, काठमाण्डौ र दोस्रो खेल राई स्कुल, नक्साल काठमाण्डौँ विरुद्ध पिस प्वाईन्ट स्कुल, बानेश्वर काठमाण्डौँ वीच हुने खेल तालिकामा रहेको छ ।

प्रतियोगितामा १५ टिम सहभागी छन् । जसमा काठमाडाैं उपत्यकाका ११, काभ्रे, बाँके र सप्तरीका १-१ विद्यालय गरी १५ टिमबिच लिगकम नकआउटका आधारमा खेल सञ्चालन भइरहेका छन् ।

प्रतियोगितामा नेपाल एपिएफ स्कुल कीर्तिपुरका रातो र निलो दुई टिम, नेपाल एपिएफ, कोहलपुर, नेपाल एपिएफ ठाकोदेवी जोगेन्द्र भगत, सप्तरी, सैनिक आवासीय महाविद्यालय, भक्तपुर, नेपाल पुलिस स्कुल, साँगा, राई स्कुल, जेम्स, डिएभी, ब्राइट होराइजन चिल्ड्रेन्स होम, पिस प्वाइन्ट, ब्राइट एन्जल, पेगासस स्कुल, सन साइन स्कुल र बाघ भैरव स्कुलको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले ६० हजारसहित ट्रफी पाउने छ।

दोस्रो हुने टिमले ट्रफीको साथमा २० हजार र तेस्रो हुने स्कुलले १० हजार पुरस्कार पाउने छन्।

प्रतियोगितामा फेयर प्लेयर, बेस्ट गोल किपर, बेस्ट प्लेयर र हाइ स्कोररले पुरस्कार पाउने छन्। फागुन ८ गते प्रतियोगिता समापनको तालिका रहेको विद्यालयले जनाएको छ ।

कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलले वर्षेनी यस प्रतियोगिता आयोजना गर्ने गरेको छ । गतवर्ष सम्पन्न प्रतियोगिताको दोश्रो संस्करणको उपाधि घरेलु टोली नेपाल एपीएफ स्कुलको ए टीमले जितेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *