आज बिहीबार दिनभरको माैसम कस्तो रहला ? यस्तो छ विभागको पूर्वानुमान
थानकोट ।
देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।
तर, तराईमा हुस्सु र कुहिरो लाग्नेछ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा सामान्यतया मौसम सफा रहने भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भू-भागका धेरै स्थानमा हुस्सु र कुहिरो रहनेछ ।
पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति तराई क्षेत्रका थोरै स्थानमा हुस्सु रहने बताएको छ ।
देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेने विभागको पूर्वानुमान छ ।
















