पीएम कप काठमाडौं छनोट: चन्द्रागिरि क्रिकेट एसोसिएसन पहिलो खेलमा पराजित

Thankot Times

थानकोट ।

पीएम कप काठमाडौं जिल्ला पुरुष छनोट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत बिहीबार सम्पन्न खेलमा चन्द्रागिरि क्रिकेट एशोसियसन पराजित भएको छ ।

एन्जल्स स्पोर्ट्स एकेडेमीले ५० ओभरमा ९ विकेट गुमाएर ३०७ रनको बलियो योगफल तयार पारेपछि जवाफी इनिङ सुरु गरेको चन्द्रगिरि क्रिकेट एसोसिएसन ३८.३ ओभरमा २४६ रनमा अलआउट भएपछि एन्जल्सले ६१ रनको जित दर्ता गर्यो।

बिहीबार नै सम्पन्न अर्को खेलमा महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरले ५० ओभरमा खडा गरेको ४०८ रनको विशाल स्कोर पछ्याउने क्रममा वान डे क्रिकेट एकेडेमी ३५ ओभरमा मात्र १२६ रनमा समेटिएपछि महावीरले २८२ रनको फराकिलो अन्तरले खेल जित्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *